शुक्रबार, बैशाख ०४, २०८३

सर्वोच्चका कर्मचारी विष्टलाई ६ महिना कैद र १० हजार जरिवाना

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका कर्मचारी महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले विष्टलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

अदालतले चैत २२ गते उनलाई दोषी ठहर गरेकोमा बिहीबार सजाय तोकेको हो । विष्टले लेखेको अनधिकृत पत्रकै आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाएको थियो । तर पछि सर्वोच्चले अर्को पत्र लेखी उनलाई रिहा गर्न आदेश दिएको थियो ।

त्यसपछि पछि विष्टलाई नियन्त्रणमा लिएर लिखत सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । विष्ट त्यतिबेला एक लाख धरौटीमा रिहा भएका थिए ।

यसमा तपाईको प्रतिक्रिया