बिहिबार, बैशाख ०३, २०८३

सार्वजनिक सवारी साधनको फेरि भाडा बढाउन यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले फेरि भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । एकसाता नपुग्दै इन्धनको मूल्य बढेको भन्दै भाडा समायोजन गर्न यातायात व्यवस्था विभागसँग माग गरेको हो ।

यसअघि सरकारले चैत २५ गते भाडा समायोजन गरेको थियो । त्यसपछि २७ गते डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ वृद्धि भएको ६ दिन नहुँदै पुनः वैशाख २ मा डिजेलमा ३० रुपैयाँ बढेको र दुईपटक गर्दा डिजेलमा ५५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ बढेकाले भाडा समायोजन गनुपर्ने महासंघको माग छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८२/१२/२५ गते भाडा समायोजन गरे पश्चात मिति २०८२/१२/२७ गते पेट्रोलियम पदार्थ डिजेलमा २५ र पेट्रोलमा १७ रुपैयाँ वृद्धि भएको ६ दिन पनि नपुग्दै पुनः मिति २०८३/१/२ गते राति १ः०० बजेबाट लागू हुने गरि डिजेलमा रु.३०। वृद्धि भएको र दुई पटक गर्दा डिजेलमा ५५ रुपैयाँ । र पेट्रोलमा १७७ वृद्धि भएको हुँदा तत्काल २०६५ सालबाट ५% पेट्रोलियम पदार्थको वृद्धि हुँदा वैज्ञानिक विधि अनुसार भाडा समायोजन यातायात व्यवस्था विभागले गर्दै आएकोमा बिगत दुई वर्षदेखि ५% वृद्धि हुँदा स्वचालित प्रणालीवाट भाडा समायोजन नभएको हुदा यथाशिघ्र स्वचालि

त प्रणाली अनुसार भाडा समायोजन गरिदिन हुन अनुरोधका साथै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचालित हवाई यात्रु पर्यटक ट्याक्सी (प्रिपेड ट्याक्सी) को भाडा २०७२ सालदेखि भाडा समायोजन यातायात व्यवस्था विभागबाट गर्दै आएको हुँदा हालसम्म पनि तहाँ संचालन हुने सवारी साधनको भाडा समायोजन नभएको हुदा स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गरिदिन हुन सादर अनुरोध गरिन्छ ।’

यसमा तपाईको प्रतिक्रिया