नेपालमा थेरवादी बौद्ध धर्मको विकास र प्रचारप्रसारमा विगत लामो समयदेखि महत्त्वपूर्ण योगदान दिँदै आएका बौद्ध लेखकद्वय डा. त्रिरत्न मानन्धर र लोचनतारा तुलाधरलाई २०८२ सालको `भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार´ प्रदान गरिने भएको छ ।
समानान्तर बौद्ध आध्यात्मिक पत्रिका सम्यक सन्देश´का अध्यक्ष दीपक भेटुवालदीपसागर´को अध्यक्षतामा बसेको चयन समितिको बैठकले उहाँहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । अखिल नेपाल भिक्षु महासंघका छैटौँ महासंघनायक भिक्षु अश्वघोष महास्थविरको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार थेरवादी बौद्ध दर्शनको विकास र प्रवर्द्धनको क्षेत्रमा विगत लामो समयदेखि महत्त्वपूर्ण योगदान दिँदै आएकाले मानन्धर र तुलाधरलाई दिन लागिएको सम्यक् सन्देशले बताएको छ ।
सम्यक् सन्देशले २०७९ सालमा स्थापना गरेको पुरस्कार प्रत्येक वर्ष एकजना महिला र एकजना पुरुषलाई प्रदान गरिँदै आएको छ । यसअघि उक्त पुरस्कारबाट डा. लक्ष्मण शाक्य, डा. रिना तुलाधर, अमिता धाख्वा, घनश्याम राजकर्णिकार, प्रा.डा.बज्रराज शाक्य र प्रा.डा. रञ्जना धाख्वा बज्राचार्यलाई प्रदान गरिएको थियो ।

