टोकियो,१५ साउन । चितवन समाज जापानको केन्द्रीय अधिवेशन यही अगष्ट १२ तारीख शनिवार हुने भएको छ ।
दिनको ठीक १२ बजे सुरु हुने केन्द्रीय अधिवेशन टोकियोको सिनोकुबोमा रहेको नमस्ते गीत गजलको सभाहलमा भव्य र सभ्य रूपमा सम्पन्न हुने केन्द्रीय उपाध्यक्ष राजनकुमार श्रेस्ठले जानकारी दिनु भयो । केन्द्रीय अधिवेशनमा जापानमा रहेका चितवनवासीहरूको धेरै उपस्थिति रहने आँकलन गरिएको आयोजकले जनाएको छ । अधिवेशनले चितवन समाज जापानको २ वर्षको लागी नया केन्द्रीय कार्यसमिति चयन गर्नेछ । साथै वर्तमान कार्यसमितिले २ वर्षको अवधिमा गरेका कामहरु पनि सार्वजनिक गरिने केन्द्रीय अध्यक्ष सरोज कंडेलले बताउनु भयो । अधिवेशनमा सगभागी हुनको लागी अनिवार्य रूपमा जापानमा रहेका चितवनवासीहरूले अगस्त १० सम्म चितवन समाज जापानको सदस्यता लिन अनुरोध गरिएको छ । सदस्यता शुल्क तथा नविकरण शुल्क एक हज़ार एन लाग्ने समाजले जनाएको छ । जसको लागी केन्द्रीय महासचिव छविलाल सापकोटा र केन्द्रीय कोषाध्यक्ष हरिचन्द्र पौडेललाई सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
@सन्तोष चोखाल