शुक्रबार, असार ०१, २०८१

अब भरतपुरमा जनताले फैसला गर्छन : बाबुराम भट्टराई

काठमाडौँ,१५ साउन ।  नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गराउने सर्बोच्चको फैसलाको आलोचना गरेका छन् ।

फैसला लगत्तै ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका भट्टराईले चुनाव हार्ने भएपछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई अदालतले पुरस्कृत गरेर गलत नजिर बसालेको टिप्पणी गरेका छन् । उनले अब जनताले फैसला गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।