बुधबार, असोज ०२, २०८१

पुन:मतदान गराउने सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण : एमाले

काठमाडौँ,१५ साउन ।  नेकपा एमालेले भरतपुर–१९ मा पुन मतदान गराउने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ । एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले पुनः मतदान गराउने फैसलाले राजनीतिको अपराधिकरण तथा अपराधको राजनीतिकरणलाई प्रश्रय दिएको बताएका हुन् ।

भट्टराईले भने, “नेकपा एमाले स्वतन्त्र न्यायलयप्रति सम्मान व्यक्त गर्दछ । न्यायालयको गरिमालाई उँचो राख्न सदैव कृयाशील रहनेछ । तर आजको फैसला दुर्भाग्यपूर्ण छ । यसले राजनीतिको अपराधिकरण तथा अपराधको राजनीतिकरणलाई प्रश्रय दिएको छ ।”

त्यस्तै एमालेका अर्का नेता रवीन्द्र अधिकारीले पनि अदालतको फैसला दुभाग्यपूर्ण भन्दै ट्विट गरेका छन् । “मतपत्र च्यातिने कुरा सुनियोजित र प्रायोजित थियो, मतपत्र च्यात्ने उमेदवारका वारेस थिए । अदालतको दुर्भाग्यपूर्ण फैसला । जनताको फैसला नै अन्तिम,” उनले ट्विट लेखेका छन् ।