टोकियो,१५ साउन । नेपाल तामाङ समाज जापानको किताकान्तो क्षेत्रीय समिति आज गठन भएको छ । काभ्रे स्थायी घर भई हाल तोचिगीकेन सानोमा बस्दै आएका कुलमान लामाको अध्यक्षतामा १९ सदस्यीय समिति बिस्तार गरिएको छ ।
आज आईतवार तामाङ समाज ,जापानको केन्द्रीय अध्यक्ष ,उपाध्यक्ष एबं बिभिन्न संघसंस्थाको अध्यक्षहरूको आतिथ्यतामा सम्पन्न उक्त अधिबेशन निकै सभ्य र भब्य रूपले सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
अतिथिहरूले तामाङ इतिहास र अबको यात्रा बारे आ-आफ्नो गहकिलो बिचारहरू राख्दै सम्पूर्ण निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको अतिथि मध्यका तामाङ समाज जापानका उपाध्यक्ष एबं काभ्रेली समाज ,जापानका अध्यक्ष मेख बहादुर लामाले जानकारी दिनुभएको छ । साथै तामाङहरूको जुन खालको एकता तोचिगीमा देखियो त्यो किसिमको निस्वार्थ एकता अरू क्षेत्रमा पनि हुनुपर्ने अभ्यक्ष लामाले बताउनुभयो ।
पदाधिकारीहरू : अध्यक्ष : कुलमान लामा ( काभ्रे ) उपाध्यक्ष : अभिनाश घिसिड० ( दोलाखा ) सचिब : सरोज तामाङ ( नुवाकोट ) स-सचिब : पर्बत स्याड०बो तामाङ( मकवानपुर ) कोषाध्यक्ष : मुकेश मोक्तान ( रामेछाप ) सहकोषाध्यक्ष : जेनी तामाङ ( काभ्रे ) सदस्यहरू : सन्जु ब्लोन ,सुनित ब्लोन ,लेकबज्र तामाङ ,सुनिल थीड० ,सुपथ ब्लोन,डि.बी. दोर्जे लामा ,लोकमान तामाङ ,राजकुमार तामाङ ,उमेश तामाङ ,वाड०चुदोर्जे लामा,कृष्ण बहादुर तामाङ ,आदर्श थोकर ,बिमल वाईबा चयन हुनुभएको छ ।