शनिबार, बैशाख ०८, २०८१

अष्ट्रेलियामा विमान विस्फोट गराउने योजना विफल

सिड्नी,१५ साउन । विमानमा विष्फोट गराउने आतंकवादी योजना बिफल पारेको अष्ट्रेलिया सरकारले दाबी गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कोम टर्नबुलले विमान खसाल्ने योजना प्रहरीले विफल बनाइदिएको बताएका हुन् । उनले अब जोखिम टरेको संकेत गर्दै आत्मविश्वासका साथ आ–आफ्नो काम खटिन र ढुक्क भएर यात्रा गर्न सबैलाई आग्रह गरेका छन् ।

सिड्नीका चार घरमा छापा मारेर चार जनालाई पक्राउ गरिएको छ । र, उनीहरु विमान विष्फोट गराउने योजनामा संलग्न रहेको सिड्नी सरकारको दाबी छ ।

यद्यपी एक महिलाले आफ्नो श्रीमान र छोरोलाई पक्राउ गरिएको तर उनीहरु कुनै पनि आतंकवादी समूहमा नरहेको भन्दै रिहाई गर्न माग गरेको स्थानीय सन्चार माध्यमले जनाएका छन् ।

पक्राउ परेकाहरुबारे अनुसन्धान गर्दा विमानमा विफोटक पदार्थ राखेर क्षति पुर्याउने योजनाको खुलासा भएपछि अष्ट्रेलियामा सुरक्षा सतर्कता बढाइएको छ । सबै विमानस्थलहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने देशका अन्य भागहरुमा पनि थप सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले उल्लेख गरेको छ ।