काठमाडौं,१३ साउन । सरकारी प्रतिनिधि र अनसनरत चिकित्सक गोविन्द केसीका प्रतिनिधिबीच आज वार्ता भएको छ ।
वार्तामा डाक्टर केसीका मागबारे प्रारम्भिक छलफलमात्र भएको छ । वार्तामा सहभागी डाक्टर केसीका प्रतिनिधि वाइपी सिंहका अनुसार शनिबार पुनः वार्ता गर्ने सहमति भएको तर समय टुंगो लागेको छैन ।
उनले अनलाइनखवरसँग भने, ‘आज हामीले माग प्रस्तुत गर्यौं, मागबारे भोलि गृहकार्य गरेर पुनः छलफल हुने कुरा छ ।’
चिकित्सा सेवामा सुधारको माग गर्दै शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी ५ दिनदेखि आमरण अनसनमा छन् । उनी आमरण अनसन बसेको यो ११औं पटक हो ।