बुधबार, असोज ०२, २०८१

प्रदेश र संघीय संसदको निर्वाचन एकै चरणमा हुनुपर्छ : ओली

काठमाडौ,१३ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले अव प्रदेश सभा र संघीय सभाको निर्वाचन एकैचोटी हुनुपर्ने बताएका छन। तिब्बतको भ्रमण सकेर स्वदेश फर्केने क्रममा पत्रकारहरुसंग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘अव प्रदेश र संघीय संसदको निर्वाचन एकैपटक हुनुपर्छ समय धेरै छैन’ ओलीले भने । उनले यदि अलग अलग समयमा निर्वाचन गरेको खण्डमा पहिला संघीय संसदको हुनुपर्नेमा ओलीले जोड दिए ।

समयमा संघीय संसदको निर्वाचन नभएको खण्डमा सबैधानिक संकट आउन सक्छ, त्यसैले अलग अलग समयमा निर्वाचन गर्ने भए पहिला संघीय संसदको निर्वाचन हुनुपर्छ ’ ओलीले भने । ओलीले अहिले संविधान संशोधनका बिषयमा छलफल गर्न नभ्याउने भएकोले चुनाव पछि समय लगाएर त्यसमा छलफल गर्न उनले आग्रह गरे ।

असोज २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सहभागि हुन राजपालाई आग्रह गदै्र्र ओलीले लोकतान्त्रिक प्रक्रियामा सामेल हुन आग्रह गरे। ओलीले राजपाको भोट आफु तिर आउने आशामा नेपाली कांग्रेसले उसलाई सहभागि हुन नदिएको समेत आरोप लगाए।

‘ नेपाली कांग्रेसले यस्ता कुरामा दाउपेच गरेर दोस्रो चरणको निर्वाचनमा राजपालाई आउन दिएन, उसले यस्तो दाउपेच बन्द गर्नुपर्छ