बुधबार, साउन ०१, २०८२

अबैध रुपले भण्डारण गरी राखिएको १८ लाखभन्दा बढीको लत्ताकपडा बरामद

वीरगंज । सशस्त्र प्रहरीले भन्सार छली ल्याएको लाखौंको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका–१ बाट अबैध रुपले भण्डारण गरी राखिएको १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । बरामद सामान वीरगंज भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया