सोमबार, असोज २१, २०८१

श्यामलाई मन्त्री नवनाएपछि रामेछाप माकेमा विद्रोहको तयारी

रामेछाप,१२ साउन । रामेछाप २ नम्वर क्षेत्रका सांसद श्याम श्रेष्ठको नाम मन्त्री बनाउने लिष्टवाट फिर्ता लिएको भन्दै रामेछाप माओवादी केन्द्रले हेडक्वाटरको विरोध गर्दै विद्रोह गर्ने चेतवनी गरेको छ । सामान्य प्रशासन मन्त्री दिने हल्ला चलेसंगै रामेछाप माओवादीमा छाएको खुसी मंगलबार केन्द्रीय समितिको बैठकको निर्णयले एकाएक निराशमा परिणत गराएको भन्दै रामेछापका माओवादीले सामुहिक राजीनामा दिने चेतावनी दिएको छ ।
२०७० सालको दोस्रो संविधानसभाको चुनावमा प्रत्यक्ष निर्वाचित भएको श्रेष्ठलाई दुई साता अघि नै पार्टी केन्द्रिय कार्यालयले सामन्य प्रशासन मन्त्रालय दिने निर्णय गरेको थियो । तर मंगलबार एकाएक श्रेष्ठको नाम हटाएको भन्दै रामेछापका माओवादी नेताहरुले रामेछापले गरेको त्याग र बलिदानको केन्द्रीय कार्यालयले अपमान गरेको भन्दै पूर्व सांसद तारानारायण श्रेष्ठ, पोलिटब्यूरो सदस्य धावा लामा तथा कमानसिंह तामाङले सामुहिक राजिनामा दिने भन्दै सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका छन् । पूर्वको रुकुमले चिनिने तथा जनयुद्धको पहिलो सफल फौजी कारवाही रामेछापका नेता तथा कार्यकर्ताले गरेको भन्दै अहिले पार्टी हेडक्वाटरले अन्याय गरेको तथा तत्काल निर्णय नसच्याए विद्रोह गर्ने पूर्व सांसद तारानाराण श्रेष्ठले चेतावनी दिनुभयो ।

यता निकै समयपछि मन्त्रीको मुहार हेर्न आतुर रहेको रामेछापबासी पनि श्रेष्ठको नाम फिर्ता लिएको प्रति आक्रोश पोखेका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा ३ नं प्रदेशबाट सिन्धुपाल्चोकबाट अग्नि सापकोटा, सिन्धुलीबाट हरिवोल गजुरेल र रामेछापबाट श्याम श्रेष्ठ निर्वाचित हुनुभएको थियो । सापकोटा र गजुरेल यस अघि नै मन्त्री बनिसकेको छन् भने श्रेष्ठलाई यस पटक सामन्य प्रशासन मन्त्रालय दिने निर्णय भएको थियो ।