मङ्गलबार, बैशाख ३०, २०८२

साझा पार्टी र विवेकशील नेपाल पार्टीको एकता घोषणा

काठमाडौं, ११ साउन ।  साझा पार्टी र विवेकशील नेपाल दल बुधबार एकीकरण भएका छन्। दुई पार्टीको नेतृत्वबीच लामो वार्तापछि  दुवै दलहरुबीच बुधवार नयाँ बनेश्वरस्थित इन्द्रेणी ब्याङ्क्वेटमा पार्टी एकता घोषणा भएको हो ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहेको छ । पार्टी एकीकरणपछि पनि संयोजकको नाम भने टुंगो लागेको छैन । समितिमा दुई सहसंयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापा रहनुहने वताइएको छ । पार्टीका बैठहरुको अध्यक्षता सहसंयोजक रवीन्द्र मिश्रले गर्नुहुनेछ । संयोजन समितिमा अन्य सदस्यमा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादब, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य रहनुभएको छ ।

हाल साझा पार्टीले प्रयोग गरिरहेको लोगो तराजु नयाँ पार्टीको चुनाब चिन्ह रहनेछ। सम्झौताअनुसार दुवै पार्टीबाट १७/१७ गरी ३४ जनाको केन्द्रीय समिति गठन गरिएको छ। नयाँ पार्टीमा प्रत्येक प्रदेशबाट कम्तिमा १/१ जना प्रदेश संयोजक रहनेगरी ७ जना सदस्य केन्द्रीय समितिमा रहनेछन्। महाधिवेशनसम्ममा केन्द्रीय समिति विस्तार गरी  ५१ जनासम्म पुर्याउन सकिने व्यवस्था गरिएको छ।

थप केन्द्रीय सदस्यहरुमा अब्दुस मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ, दिनेश प्रसाईं, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रन्जु न्यौपाने, रमेश महर्जन, राम शाह, रेशु अर्याल, शशिविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, सोभित परियार र ज्ञानेन्द्र निरौला हुनुहुन्छ । बाँकी ४ जना केन्द्रीय सदस्य पछि थपिने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ।

पार्टी एकीकरणसँगै एक स्वायत्त अनुशासन आयोग गठन गर्ने र त्यसले पार्टी नेतृत्व र सदस्यमाथि अनुशासनको कारवाही गर्ने न्यायिक अधिकार प्रयोग गर्ने जनाइएको छ। संयोजन समितिले एउटा प्रबुद्ध समूह गठन गर्ने र संयोजन समितिले मागेका सल्लाह सुझाव उक्त समितिमार्फत् लिइने उल्लेख छ।