सोमबार, भदौ २४, २०८१

काग्रेसवाट मन्त्रीको नाम पठाउन सहमति,को-को बन्दैछन मन्त्री ?

काठमाडौं,१० असार ।  सरकारको नेतृत्व गरिरहेको नेपाली काग्रेसले सरकारमा मन्त्री पठाउन सहमति जुटाएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेल बीचको बिवादको कारण यसअघि काग्रेसले मन्त्रीको नाम छान्न सकेको थिएन ।

देउवा समूहबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेलबाट ४, नेता कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षबाट १, १ गरी १० जना नयाँ मन्त्री कांग्रेस नेताहरुले सहमति गरेका छन् । कांग्रेस नेताहरुले केहीबेरपछि औपचारिकता प्रदान गरिने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवा समूहबाट अर्जुन जोशी, अम्बिका बस्नेत, मिन विश्वकर्मा र वीरबहादुर बलायर रहेका छन् । पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी र सरिता प्रसाईं रहेका छन् ।

त्यसैगरि सिटौला समूहबाट भीमसेनदास प्रधान मन्त्री बन्दैछन् भने खुमबहादुर खड्काको समूहबाट
मोहनबहादुर बस्नेत मन्त्री हुने कांग्रेसले टुंगो लगाएको छ ।