काठमाडौं,१० साउन । पत्रकार तथा साहित्यकार यशोदा अधिकारीको बालकथा संग्रह ‘जुरेली र मयुर’ को लोकार्पण गरिएको छ । कृतिको एक समारोहकाबीच साझा प्रकाशन पुल्चोकमा प्रमुख अतिथि तथा साहित्यकार प्रदिप नेपाल, बाल साहित्यका इतिहासकार प्रमोद प्रधान, अन्नपूर्ण पाेषट राष्ट्रिय दैनिकका बालपृष्ठ अकुरका संयोजक रामकला खड्का र पत्रकार अनन्त वाग्लेले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।
रेडियो नेपालमा कार्यरत पत्रकार तथा साहित्यकार अधिकारीको यस पुस्तकका कथाहरुमा कलाकार राजकुमार प्रजापतिले चित्र बनाउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा साहित्यकार प्रदिप नेपाल, पत्रकार अनन्त वाग्ले, साहित्यकार प्रमोद प्रधान, साझा प्रकाशनका अध्यक्ष डोलेन्द्र शर्मा, अन्नपूर्ण राष्ट्रिय दैनिकका अकुरपृष्ठ संयोजक रामकला खड्का लगायतले कृतिमाथि समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरुले बाल साहित्य नयाँ पुस्तामा आकर्षणको विषय भएको भन्दै उमेरगत आधारमा बाल साहित्य लेखिनुपर्ने बताउनुभयो ।
पत्रकार तथा साहित्यका अधिकारीले यो बालकथा ५ वर्षदेखी १२ वर्ष उमेर समूहका बालबालिकाका लागि उपयुक्त भएको बताउनुभयो ।
२१ पृष्ठकाे यो पुस्तकमा हजुर आमाको गहना, जुरेली र मेयुर लगायत ७ वटा बालकथा समावेश गरिएको छ । यस भन्दा अघि उहाँका निषेधविरुद्ध (कवितासङ्ग्रह), अस्विकार (कवितासङ्ग्रह), संसार हल्लाउने एक सय एक सङ्घर्षशील नारीहरु (जीवनीसंग्रह ) र क ख गीत (बालकविता संग्रह ) प्रकाशित भैसकेका छन् । जुरेली र मयुर (बालकथा सङ्ग्रह ) अधिकारीको पाँचौ कृति हो । उहाँ सञ्चारिका समूहको कोषाध्यक्ष पनि हुनुहुन्छ ।