सोमबार, भदौ २४, २०८१

अनिता गुरुङको एनआरएनए जापान महिला उपाध्यक्षमा उम्मेदवारी

जापान,९ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए )जापानको आगामी नयाँ कार्यकालका लागि महिला उपाध्यक्ष पदमा अनिता गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ।

एनआरएनए जापानले यसै पटक देखि सृजना गरेको नयाँ पद महिला उपाध्यक्षमा अनिता गुरुङले आफना प्रतिवद्धता पत्र सहित उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो।

तमुधीँ जापानको उपाध्यक्ष रहनु भएकी गुरुङ जापानवासी नेपाली महिलाहरुमा परिचित अनुहार हुन। अघिल्लो कार्यकालका उपाध्यक्ष पदमै उम्मेदवारी घोषणा गरेर अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएकी थिईन। यस पटक भने गुरुङले महिलाका लागि छुटयाईएका उपाध्यक्ष पदमा आफूलाई शुभेच्छुकहरुको आग्रहका कारण उम्मेदवारी दिएको जानकारी दिनुभयो।

१० बर्ष अघि जापान आई यस अवधिमा विभिन्न संस्थामा आवद्व भै नेपालीको सेवा गर्न पाउँदा खुशी लागेको छ । जसको केही विवरण निम्नलिखित छन :

१. सर्वप्रथम आफू गुरुङको छोरी भएकोले मेरो सामाजिक सेवाको शुरुवात तमुधीँ जापानबाट भयो। यो संस्थामा लगातार आवद्ध भै हाल बरिष्ठ उपध्याक्ष पदमा सेवारत छु ।

२. जापान आई बिभिन्न पेशा ब्यवसाय गर्दै आउनु भएका मनाङवासीहरुको संस्था मनाङ सोसाइटी जापानको संस्थापक सदस्यको रूपमा अधाबधिक विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय छु ।

३. एनआरएनए जापानको २०११-२०१३ कार्यकालमा कार्यसमितिको सदस्य, २०१३-२०१५ आइसिसी महिला प्रतिनिधि रहि यस संस्थाले गर्दै आएका बिभिन्न सामाजिक कार्यहरूमा क्रियाशील ।

४. नेपाल फेष्टिबल २०१३ को मुख्य आयोजक महिला कमिटिमा उपाध्यक्ष पदमा रही नेपाली कला र संस्कृतिलाई जापानमा चिनाउने पवित्र कार्यमा सक्रिय भई कार्यक्रम भव्य र सभ्य रुपमा सफल।

५. एनआरएनएको ग्लोबल सम्मेलन २०१४ तातेशिना नागानोकुमा सक्रिय सहभागिताका साथै एनआरएनएबाट हुने हरेक कार्यक्रमहरूमा सक्रियता।

६. पूर्वी नेपाल सहकार्य विकास केन्द्र,जापानका विभिन्न सामाजिक क्रियाकलापहरुमा सकृय रुपमा आवद्दता ।

७।हामी महिलाहरुको समूहद्वारा नेपालमा ललितपूरको फुलचोकी उच्च माध्यमिक विद्यालय र दोलखाको विद्यालयमा २ जना गरिब तथा जेहेन्दार विद्यार्थी बहिनीहरूलाई ११ र १२ कक्षाको छात्रवृत्ति दिंदै आएको र अन्य ठाउँहरुमा पनि छात्रवृत्ति दिने प्रयासरत छौं।

यस कारण मेरो उम्मेद्वारी:

महिलाहरूमाथि हुने विभिन्न हिंसा न्यूनिकरण गर्न,

सुत्केरी तथा बालबालिकाहरूको लागि आवश्यक सेवा तथा परामर्श सहज बनाउँन,

महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढिभन्दा बढि सहभागि हुन उत्प्रेरित गर्न,

महिलाहरूभित्र लुकेको प्रतिभालाई प्रस्फुटित गर्न गराउन, विद्यार्थी, कुक, व्यवसायी, युवा, डिपेन्डेन्ट्स लगायत सम्पूर्ण नेपालीका समस्यालाई आपसी सहकार्यद्वारा समाधान गर्न,

एनआरएनए एक गैरराजनीतिक, गैर-मूनाफा मूलक संस्था भएको र म आफूमा पनि सामाजिक सेवा गर्न सधै उत्सुक रहेको तथा एक नारीको हैसियतले म आफूले जानेको,सिकेको र बुझेको कुरालाई नारीहरूको उत्थानमा योगदान गर्नै पर्दछ भन्ने आकांक्षा भएकोले आउँदो एनआरएनए जापानको चुनावमा महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिँदैछु । सदा झैं यहाँहरुको सहयोग र साथको अपेक्षा गर्दै एनआरएनए जापानलाई समस्त जापानबासी दाजुभाई दिदी बहिनीहरूको भावनात्मक र एक मात्र साझा संस्था बनाउँन अझै जोड़ दिनेछु ।

अनिता गुरुङसहित एनआरएनए जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठ,सरीता ढकाल लगाएत आधा दर्जन जति महिला उपाध्यक्षमा नाम चर्चामा रहेको छ ।