मङ्गलबार, बैशाख ०८, २०८३

डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने

काठमाडौं,९ साउन । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्दैछन् ।

विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको डा. केसीले बताए । ‘माग सुनुवाईका लागि अहिलेसम्म सरकारबाट कुनै पहल नएको अवस्थामा अनसनको विकल्प भएन’ उनले अनलाइनखबरसँग भने ।

डा. केसीले आफ्ना मागहरु पुरा गर्न सरकारलाई असार ३१ गतेसम्मको अल्टिमेटम दिएका थिए ।