मङ्गलबार, चैत ११, २०८१

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको चार हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ।

बुधबार भने सुन मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बढेर तोलाको २ हजार ५० रुपैयाँ पुगेको छ।

यसमा तपाईको प्रतिक्रिया