टोकियो । जापानमा रहेका नेपालीलाई लक्षित गर्दै QS रेमिटले डिजिटल माध्यमबाट नेपाल पैसा पठाउने प्रक्रियालाई अझ सहज र सुविधाजनक बनाउने उद्देश्यले आफ्नो सेवा तथा मोबाइल एपलाई विस्तार गरेको छ।
जापानबाट नेपाल पैसा पठाउने नेपाली समुदायको संख्या बढ्दै जाँदा
QS रेमिटले ग्राहकलाई मोबाइल एपमार्फत रेमिट्यान्स कारोबार गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ। एपबाट ग्राहकले रेमिट्यान्स कारोबार गर्न, दैनिक विनिमय दर हेर्न तथा आफ्नो कारोबारको विवरण हेर्न सक्नेछन्।
QS रेमिटको डिजिटल सेवाअन्तर्गत Wallet, Load & Remit, Remit & Earn Points तथा Refer & Earn Points जस्ता सुविधाहरूलाई प्राथमिकतामा राखिएको छ। ग्राहकले आफ्नो Wallet मा रकम जम्मा गरी उपलब्ध प्रक्रियाअनुसार नेपाल पैसा पठाउन सक्नेछन्।
ग्राहकले रेमिट्यान्स कारोबार गर्दा जम्मा गरेको प्वाइंट्सलाई पैसाकै रूपमा प्रयोग गरेर पुनः रेमिटका मेनेजर बिकाश गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै, QS Remit ले Lawson ATM बाट Wallet Load गर्दा ATM charge-free सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ। यसले जापानमा रहेका ग्राहकलाई आफ्नो रेमिट्यान्स कारोबारका लागि रकम व्यवस्थापन गर्न थप सहज बनाउने कम्पनीको विश्वास छ।
QS रेमिटको मोबाइल एप प्रयोग गर्ने ग्राहकका लागि reward तथा point system पनि आकर्षणको अर्को पक्ष बनेको छ। कम्पनीले एप डाउनलोड गर्ने नयाँ ग्राहकलाई ६ सय येन Bonus उपलब्ध गराउने योजना सञ्चालन गरिरहेको छ।
क्यूआर रेमिटले जापानका विभिन्न क्षेत्रमा रहेका नेपाली समुदायसम्म आफ्नो सेवा विस्तार गर्दै ग्राहकको आवश्यकता र सुझावअनुसार डिजिटल रेमिट्यान्स सेवामा थप सुधार गर्ने जनाएको छ।

