मङ्गलबार, चैत ११, २०८१

एभरेष्ट स्कुलको चौथो शाखा आराकावा क्याम्पस सञ्चालनमा

जापान । सन् २०१३ मा स्थापना भएको जापानको टोकियोमा अवस्थित एभरेष्ट इन्टरनेशनल स्कुल जापान नेपालबाहिर रहेको कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने नेपाल सरकारबाट मान्यता प्राप्त एक मात्र विद्यालय हो ।

उक्त विद्यालयले अप्रिल २०२५ देखि नयाँ सञ्चालन हुने गरी एभरेष्ट इन्टरनेशनल स्कुल आराकावा क्याम्पस सञ्चालनमा ल्याएको छ । उक्त विद्यालय विशेष गरी टोकियोको उएनो, निप्पोरी, ओकुबो, माचिया एवम् साइतामा क्षेत्रमा रहेका नेपाली समुदाय तथा अन्य देशका बालबालिकालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । उक्त विद्यालयमा यस शैक्षिक सत्र २०२५/२६ मा नर्सरीदेखि कक्षा ५ सम्मको अध्ययन अध्यापन र हरेक वर्ष कक्षाहरू क्रमशः थपिने छ र विद्यार्थीहरूको स्थानान्तरण एभरेष्ट इन्टरनेशनल स्कुलका चार क्याम्पसमा सम्भव हुने छ ।

एभरेष्ट इन्टरनेशनल स्कुल जापानको शिक्षा मन्त्रालयबाट समेत मान्यता प्राप्त र क्याम्ब्रिज विश्व विद्यालयको माध्यमिक तहसम्मको मान्यता प्राप्त इन्टरनेशनल स्कुल हो । यस विद्यालयले गत ९ तारिख आइतवारका दिन नेपाल एवम् भारतका सुप्रसिद्ध बाबा श्री श्री १००८ कालिदास बाबाबाट पूजा आराधना सम्पन्न गरी आराकावा क्याम्पसमा गृह प्रवेश गरेको छ । उक्त पूजा कार्यक्रममा नेपाली राजदूतावासका राजदूत डा. दुर्गा बहादुर सुवेदी, भारतीय राजदूतावासका उपनियोग प्रमुख आर मधुसुदन एवम् जापान तथा कोरियाबाट उपस्थित अतिथिहरूको समेत सहभागिता रहेको थियो ।

उक्त विद्यालयमा हाल विभिन्न देशका बालबालिका अध्ययनरत छन् साथै विभिन्न देशका शिक्षक तथा कर्मचारीहरू कार्यरत छन् । थप जानकारी अनवश्यक परेमा विद्यालयको फोन 0353357379 तथा 08076422552 मा सम्पर्क गरी विस्तृत जनकारी लिनसमेत विद्यालय प्रशासनले अनुरोध गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया