काठमाडौं । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि नियन्त्रण गर्न माग गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैकठमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रहित विपरीतको कार्यलाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह गरेका हुन् ।
उनले संविधानको पालना गर्नु प्रत्येक नागरिकले पालना गर्नुपर्ने लेखिएपनि पूर्वराजा र उनका समर्थकहरूले संविधान विपरीत कार्यहरू गरेकाले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।
उनले भने, ‘समाजमा संविधानविपरीत काम भइरहेको छन् । पञ्चायकालीन राष्ट्रियगान गाउने मुलुकको राष्ट्रिय गानको अपमान गर्ने अवमूल्यन गर्ने यस खालको संविधानविरोधी गतिविधिहरू भइरहेका छन् । यी सबै कामहरू गर्न पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी सबै कामहरू भइरहेका छन् ।’
उनले रावावादीको प्रदर्शनमा उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर देखिएको भन्दै यो कहाँबाट परिचालित भएको भन्ने कुरा स्पष्ट भएको बताए ।