शुक्रबार, असोज १२, २०८०

सत्ता र शक्तिको बलमा मात्र चुनाव जित्न सकिन्न : नेपाल

बुटवल,७ साउन । नेकपा एमालेका नेता माधवकुमार नेपालले काँग्रेस र माओवादीले सत्ता र शक्तिको ब्यापक दुरुपयोग गरेर पनि एमालेलाई हराउन नसकेको वताउनु भएको छ । बुटवल पुग्नु भएका नेता नेपालले एमाले कसैको षडयन्त्रले पराजित नहुने वताउनु भयो ।
युवा संघ नेपाल रूपन्देहीले बुटवलमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा नेता नेपालले भन्नुभयो , ‘एमाले ओरालो होइन, उकालो चढ्दो छ ।’

‘एमालेलाई हराउन एउटै गाउँपालिकाका वडाहरूलाई एताउता पारेर अनेक षडयन्त्र गरियो,’ नेता नेपालले भन्नुभयो, ‘सत्तारूढ दलका षडयन्त्रकाबीच एमाले पहिलो पार्टी बन्यो ।’

आउदो असोज २ गते हुने प्रदेश नम्बर दुईको चुनाबमा पनि एमाले पहिलो पार्टी बन्ने वताउँदै नेता नेपालले त्यसका लागि नेता तथा कार्यकर्ताहरु अझै जागरुक भएर खट्न निर्देशन पनि दिनुभयो ।