काठमाडौँ,७ साउन । गोर्खाल्याण्ड माग गर्दै भइरहेको आन्दोलनलाई समर्थन गर्दै शुक्रबारदेखि युवाहरुले आमरण अनशन शुरु गरेका छन् । गोर्खाल्याण्डको माग भइरहेको चार स्थानमा १२ जना युवाहरुले एकैसाथ आमरण अनसन शुरु गरेका हुन् ।
दार्जीलिङ, कालेबुङ, खस्र्याङ र मिरिकमा गोर्खा जनमुक्ति युवा मोर्चाका तीन–तीन जना युवाले गोर्खाल्याण्डको आन्दोलनलाई समर्थन गर्दै आमरण अनशन शुरु गरेका हुन् ।
गोर्खाल्याण्ड आन्दोलनलाई निर्णायक तहमा पुर्याउन अनशन बसेको र गोर्खाल्याण्ड प्राप्त नगरी अनशन फिर्ता नहुने मोर्चाले जनाएको छ । युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष अनिल लोप्चनले अब पनि सरकार गोर्खाल्याण्ड माग प्रति गम्भीर नभए अगष्ट १६ देखि आन्दोलनको स्वरुप फेरेर अघि बढ्ने बताएका छन् ।