काभ्रे । बौद्ध धर्म दिप छ्योर्तेन (गुम्बा) काे “सुङ प्रतिस्थापन” तथा पूजापाठ हुने भएको छ । चाैरीदेउराली गाउँपालिका-४ बाँजखेतमा अवस्थित गुम्बामा आगामी माघ १९ गते शनिबार बिहान ८ बजेदेखि “श्रद्धेय परमपुज्यनीय धर्मगुरु औतारी लोप्साङ नाम्ग्यल रिन्पोछे ज्युबाट गुम्बाकाे सुङ प्रतिस्थापन तथा पूजापाठ हुने भएको हाे ।
यस्तै, श्रद्धेय खेन्पो सर्वजित गोङ्बा” ज्युको मुखारबिन्दबाट धर्मप्रवचन हुने गुम्बाका अध्यक्ष टेक बहादुर लामाले जानकारी दिनुभयाे । यस पवित्र कार्यमा सहभागीताका लागि आयाेजकले सहयोगी दानपति, धर्ममित्रहरू, गाउँका सम्पूर्ण आमाबुबा, दाजुभाइ लगायत सम्पूर्णमा उपस्थिति हुन आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा गुम्बा निर्माण गर्न आर्थिक सहयोग गर्ने दानपतीहरुलाई विषेश सम्मानको कार्यक्रम समेत रहेको छ । सम्पूर्णबाट प्राप्त हुने पुन्य धर्म दानको साथ, सहयोग र हौसलाले आगामी दिनमा “छ्योर्तेन” निर्माणकार्यलाई निरन्तर अगाडि बढाउने साहस बढ्ने आयाेजकले जनाएकाे छ ।