बिहिबार, मङि्सर २०, २०८१

जापानमा हुने नेपाल फेस्टिवल तयारीको लागि वृहत छलफल हुँदै

टोकियो,६ साउन । जापानको राजधानी टोकियोस्थित उएनो पार्कमा हुने नेपाल फेस्टिवलको तयारीको लागि वृहत छलफल हुने भएको छ ।  गैर-आवासीय नेपाली संघ (एनआरएनए )जापानको आयोजनामा आगामी अगष्ट २६ र २७ तारिकमा हुन लागेको १० औँ नेपाल फेस्टिवलको तयारी वृहत छलफल हुने भएको हो ।

नेपाली राजदूतावासको विशेष सहयोग र जापानका संघसस्थाहरुको सकृयतामा यस पटक टोकियोको रमणीय पार्क उएनोमा हुन लागेको नेपाल फेस्टिवलका लागि आवश्यक तयारी सुरु गरिएको हो । आयोजक समितिका संयोजक टासी लामाका अनुसार फेस्टिवलको तयारी स्वरुप पहिलो चरणमा आगामी सोमबार जापानमा कृयाशिल संघसस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु सहित विभिन्न सहयोगी तथा सुभेच्छुकहरुको सहभागितामा वृहत छलफल कार्यक्रमको आयोजना गर्न लागिएको छ।

एनआरएनए जापानले हरेक वर्ष आयोजना गर्न लागेको नेपाल फेस्टिवललाई अझ वढी प्रभावकारी तथा सफल बनाउन हरेक नेपालीहरुको सकारात्मक सहयोग अपरिहार्य रहेकाले खुल्ला छलफलको आयोजना गरिएको आयोजक समिति एनआरएनए जापानका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो।

खुल्ला छलफलका लागि जापानका सवै संघसस्थाहरुमा पत्रचार तथा जानकारी गराई सकिएकोले कुनै कारणवस जानकारी प्राप्त नभएको भए यसैलाई आधार मानेर सहभागिता भई दिनुहुन संयोजक लामाले अपिल गर्नुभएको छ ।

 अनुरोध पत्र

यहि २०१७ अगष्ट २६ र २७ तारिख टोकियो उएनो पार्कमा एनआरएनए जापानको आयोजनामा, नेपाली राजदुतावास टोकियोको बिशेष सहयोग र जापानस्थित संघ संस्थाहरुको सहयोगमा १०औं नेपाल फेस्टिवल २०१७ आयोजना गर्न लागिएको यहालाई जानकारी गराउन चाहन्छौं। जापानमा बसोवास गर्दै आएका करिव ७५ हजार नेपालीहरुको आफ्नो मौलिक भाषा, कला, संस्कृति, मौलिक पहिचान सहित ब्यबसायीक पहिचानको सम्भाब्यता लाई प्रवधन गर्दै नेपालमा पर्यटन प्रवधन तथा नेपाल जापान सम्वन्धलाई अझै मैत्री बनाउदै नेपाल फेस्टिवल भव्य रुपमा आयोजना गर्ने तयारीमा जुटेका छौ। जसको लागि यहा हरुको साथ र सहयोगको महत्वपुर्ण भुमिका लाई मध्यनजर गर्दै तपसिल मिति, स्थान र समयमा आवश्यक छलफल गर्नु पर्ने भएकोले यहा हरुको गरिमामय उपस्थितिको लागि अनुरोध गरिन्छ। बिगत बर्षहरुको जस्तै यस बर्ष पनि यहाहरुको सहयोग, सल्लाह र रचनात्मक भुमिकाको लागि सहयोगको अपेक्षा राखेका छौं ।

तपसिल मिति :– २०१७–७–२४ (सोमबार) ,स्थान :– नमस्ते गीत गजल, सिन–ओकुबो समय :– १४: ०० बजे