शनिबार, बैशाख ०८, २०८१

भारतका १४ औं राष्ट्रपति बनेका रामनाथ कोविन्द को हुन् ?

काठमाडौं,६ साउन । भारतीय राष्ट्रपति चुनावमा एनडीए उम्मेदवार रामनाथ कोविन्दले विपक्षी साझा उम्मेदवार मीरा कुमारलाई पराजित गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार रामनाथ कोविन्दले निर्वाचक मण्डलको ६५ प्रतिशत भन्दा धेरै मत पाएका थिए भने विपक्षी उम्मेदवार मीरा कुमारले ३४ प्रतिशत ।

राष्ट्रपति पदका लागि चुनिनु पूर्व रामनाथ कोविन्द बिहारको राज्यपाल पदमा थिए । कोविन्दले राष्ट्रपति भवनमा प्रणव मुखर्जीको स्थान लिनेछन् ।

प्रणव मुखर्जीको कार्यकाल २४ जुलाइमा सकिनेछ यसको अघिल्लो दिन कोविन्द राष्ट्रपति पदको शपथ लिने छन् ।
गत राष्ट्रपति चुनावमा प्रणव मुखजीले पूर्व लोकसभा अध्यक्ष पीए संगमालाई हराएका थिए ।

रामनाथबारे जानकारी

उनी केआर नारायणनपछि भारतका दोस्रा दलित राष्ट्रपति हुनेछन् । १ अक्टुबर १९४५ मा कोविंदको जन्म उत्तर प्रदेशको कानपुर देहातमा भएको थियो ।

कानूनी पढाइपछि कोविंद यूपीएससीको तयारीका लागि दिल्ली आएका थिए । चर्चामा रहनुका बाबजुद वकालतको तयारीमा लागे ।

१९९१ मा उनी भारतीय जनता पार्टीसँग जोडिए र तीन साल पछि उनले राज्यसभाको सदस्यता पाए । २००६ सम्म उनी लगातार दुई पटक राज्यसभाका सांसद रहे ।

२०१४ मा नरेन्द्र मोदीको सरकार आएसँगै कोविंदको बिहारका गभर्नर नियुक्त गरेका थिए ।

१९९८ देखि २००२ सम्मको बीच कोविंद बीजेपीको अनुसूची जाति मोर्चाको अध्यक्षको रुपमा काम गरिसकेका छन् ।