शुक्रबार, चैत १६, २०८०

पुष्पलाल स्मृति प्रतिष्ठानले विचार गोष्ठी गर्ने

रामेछाप,६ साउन  । पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापले जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना दिने भएको छ ।
प्रतिष्ठानले नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ स्मृति दिवसका अवसरमा विचार गोष्ठीको आयोजना गरी रामेछापका २ नगरपालिका र ६ गाउँपालिकाका प्रमुख उपप्रमुख र वडा अध्यक्षहरुलाई बधाई तथा शुभकामना दिन लागेको हो । साउन ८ गते आईतबार हुने कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठान काठमाण्डौका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापले जनाएको छ ।

कार्यक्रम साउन ८ गते आईतबार बिहान ११ बजे रामेछापको सदरमुकाम मन्थलीको जि.एस होटलमा हुने आयोजकले जनाएको छ ।