बुधबार, माघ ३०, २०८१

दाङबोला ग्युई ठिमको आयोजनामा ल्होछार सांस्कृतिक कार्यक्रम हुँदै

काठमाडौं । दाङबोला ग्युई ठिम तामाङ संघले “राष्ट्रिय ल्होछार शुभकामना साँस्कृतिक कार्यक्रम” आयोजना गर्ने भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं.६ र लिसङ्खु पाखर गाउँपालिकाको सहकार्यमा आगामी माघ १२ गते शनिबार दिउँसो १ बजे देखि जाेरपाटीस्थित मञ्जुश्री मैदानमा ल्होछारको अवसरमा “राष्ट्रिय ल्हाेसार शुभकामना सांस्कृतिक कार्यक्रम” हुने संघका अध्यक्ष निक्मार तामाङले जानकारी दिए।

उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पुर्ण ब.तामाङ (कान्छाराम)ले उद्घाटन गर्ने उक्त कार्यक्रममा दर्जनौं कलाकारहरूकाे उपस्थिति रहनेछ ।  विगतका वर्षहरूमा गर्दै आएको साँस्कृतिक कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिने भएको हो ।

“तामाङ कला संस्कृति र पहिचान, दाङबाेला ग्युईठिम बचाउने हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ आयोजना हुन गईरहेको कार्यक्रममा उपस्थिति हुन आयाेजकले सम्पूर्णमा आग्रह गरेको छ ।   यसरी ल्होछार पर्व मनाउदाँ सबै जातजातीहरुको संस्कार संस्कृतिको संरक्षण तथा प्रबद्र्धन हुने भएकाले यस्ता किसिमको कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

पर्यटनको प्रवर्द्धन, स्थानीय तामाङ संस्कार संस्कृति, भाषा, भेषभुषा र कलाको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष तामाङले बताएका छन्। समाजसेवी टेकराज तामाङ र कलाकार सुनिता लुङ्बाले संचालन गर्ने कार्यक्रममा ताम्बा संघ नेपाल,नेपाल ताम्बा घेदुङ संघ, तामाङ जुहारी कलाकार संघ, माैलिक ह्वाईला न्हान लगायत संस्थागत प्रस्तुतिहरू पनि रहेको छ । साथै , कलाकारहरूले कार्यक्रमलाई आ-आफ्नो प्रस्तुती दिएर मनाेरञ्जनात्मक बनाउनेछन् ।