कैलाश खत्री,रामेछाप,६ साउन । रामेछाप जिल्लाको लिखु गाउपालिका वडा नम्बर ६ खिम्तीका बाढि पिडितहरुका लागि एक सामाजिक संस्थाले राहात संकलनको अभियान सुरु गरेको छ । रामेछाप काठमाण्डौ सिर्जनशिल समाजले बाढि प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यले स्व.इच्छुक सहयोग अभियान संचालन गरेको हो । संस्थाका संस्थापक संयोजक कृष्णहरि बुढाथोकीको अगुवाईमा रामेछापबाट काठमाण्डौ बस्ने व्यक्तिहरुसंग सकेको रकम सहयोग गर्न आह्वान गरि अभियान चलिरहेको छ ।
त्यसैगरी देशका विभिन्न स्थानमा बस्ने पेशा र व्यवसाय गरिरहेका युवाहरुले समेत सहयोग गरिरहेको संयोजक बुढाथोकीले जानकारी दिए । संस्थाले हालसम्म ४६ हजार नगद संकलन गरिसकेको जनाएको छ । शंकलित रकम शनिबार खिम्तीमा एक कार्यक्रमको आयोजना गरि असार ३१ गते मध्यरातमा अविरल बर्षसंगै आएको बाढिपहिरोबाट पिडित भएका हरुलाई प्रदान गरिने संस्थाले जनाएको छ । बुधबार वीर अस्पताल काठकाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराईरहेका घाईतेहरुलाई संस्थाले फलफूल बितरण समेत गरेको थियो ।
नेविसंघको राहत, मृतक परिवारका विद्यार्थीको पढाई खर्च वेहोर्ने
नेपाल विद्यार्थी संघले रामेछापको खिम्तिका बाढी पीडितहरुलाई राहत सामग्री वितरण गरेको छ ।
विद्यार्थी संघको केन्द्रीय समितिले खाद्यान्न, लत्ता कपडा तथा अन्य दैनिक उपभाेग्य वस्तु राहत स्वरुप उपलब्ध गराएकाे हाे । दाल, चामल, नुनतेल, भाँडाकुडा, झुल, तन्ना, म्याटलगायतका राहत सामग्री वितरण गरिएकाे हो ।
महामन्त्री कुन्दनराज काफ्ले तथा नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेलगायतक नेता तथा विद्यार्थी संघका अन्य नेताहरुको उपस्थितिमा राहत सामग्री वितरण गरिएको नेविसंघ नेता रत्नहरि ढुंगेलले जानकारी दिए ।
त्यस्तै खिम्तिका बाढी पीडितमध्ये मृतक तथा घरबारविहीन परिवारका विद्यार्थीहरुको पठनपाठनको व्यवस्थासमेत नेविसंघले मिलाउने निर्णय गरेको ढुंगेलले जानकारी दिएका छन् ।