सोमबार, जेठ १४, २०८१

सन्जिव शर्मा दास एसपी बढुवा रोकियो

काठमाडौँ,५ साउन । गृहमन्त्री जनार्दन शर्माको निर्देशन पछि डीएसपी सन्जिव शर्मा दास पदबाट निलम्बित भएका छन् । बुधबार प्रहरी मुख्यालयले दासलाई निलम्बन गरेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए ।

पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस १, सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप डीएसपी शर्मालाई लागेको छ ।