बुधबार, माघ ३०, २०८१

जापानको क्युशुमा भूकम्प, सुनामीको सतर्कता जारी

टोकियो । जापानको क्युशुमा शक्तिशाली भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीले मियाजाकी प्रिफेक्चरमा ६.९ म्याग्निच्युडको भूकम्प गएको र सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा जापानी स्केलमा ५ देखि ७ को तीव्रता रहेको बताएको छ ।

एजेन्सीले मियाजाकी र कोची प्रिफेक्चरका लागि सुनामी सतर्कता जारी गरेको छ। भूकम्पका कारण परेको असरका बारेमा बिस्तृतमा खबर आउनेक्रममा रहेको छ । आगामी एक साता भित्रमा समान स्तरको वा ठुलो भूकम्प जान्सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मियाजाकी र कोची प्रिफेक्चरका भुकम्पपछि सुनामी चेतावनी जारी भएको छ ।