काठमाडौं,३ साउन । प्रधानमन्त्रीतथा अहिले प्रतिष्ठानको अध्यक्ष शेरबहादुर देउवाले जनजातिहरुको उत्थान र विकासको लागि काम गर्ने संस्था आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान विघठन नहुने बताउनु भएको छ । आदिवासी जनजाति नेताहरुलाई बोलाएर प्रधानमन्त्री देउवाले प्रतिष्ठान विघठन नगर्ने आश्वस्त पारेका हुन् ।
सोमबार प्रधानमन्त्री कार्यलय सिंहदरबारमा नेपाली काँग्रेस आवद्ध आदिवासी जनजाति नेताहरुलाई बोलाएर प्रतिष्ठान विघठन नहुने आश्वस्त पारेका हुन् । प्रधानमन्त्री कार्यलयमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामको नेतृवमा गएको जनजाति नेताहरुले प्रधानमन्त्री देउवाले नै आफ्नो कार्यकालमा स्थापना गरेको प्रतिष्ठान विघठन हुन लागेकोमा ध्यानाकर्षण गराएका थिए ।
महासंघको अध्यक्ष बरामको ध्यानाकर्षण पछि प्रधानमन्त्री देउवाले जनजाति नेता रेशम गुरुङलाई “कसरी प्रतिष्ठान विघठन हुन्छ” भनी प्रतिप्रश्न गरेका थिए । जनजाति नेता गुरुङ संसदमा छलफलमा रहेको आदिवासी जनजाति आयोगको ऐन कार्यन्वयन पश्चात जनजाति प्रतिष्ठान विघठन हुने चिन्ता रहेको बताए पछि प्रधानमन्त्री देउवाले भने “जनजाति आयोग र प्रतिष्ठान फरक फरक प्रकृतिका हुन्, काम, कर्तव्य र अधिकार फरक फरक हुन्छन् । प्रतिष्ठान विघठन हुदैन, तपाइहरु ढुक्क हुनुस्” ।
अघिल्लो प्रचण्ड सरकारले जनजाति प्रतिष्ठानको बजेट कटौति गरे संगै जनजाति प्रतिष्ठान विघठन हुने त्रास अहिले जनजाति संघसंस्था तथा नेताहरुमा व्याप्त छ । प्रतिष्ठानकै पदाधिकारीहरु नै प्रतिष्ठान विघठन हुनेमा विश्वस्त देखिन्छन् ।आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ अनुसार स्थापना भएको प्रतिष्ठान आदिवासी जनजाति आयोग ऐन मस्यौदा संसदमा निर्माण प्रक्रिया आरम्भ भए पश्चात नै प्रतिष्ठान विघठन हुने समाचार बाहिरिरहेको छ । प्रतिष्ठान विघठन हुने कुरा जनजाति सांसदहरु नै बताउने गरेका छन् । प्रतिष्ठान जोगाउन रणनीतिक प्रयास जारी राख्नुपर्ने सांसदहरुले सोमबार विहान महासंघले आयोजना गरेको अन्तक्रियामा सुझाव दिएका छन् ।
जनजाति प्रतिष्ठान विघठन हुनबाट रोक्न आफ्नो पार्टी सरकारमा रहेकाले महासंघका अध्यक्ष बराम र नेता गुरुङ रणनीतिक रुपमा लागिरहेको भेटमा सहभागी एक जनजाति नेताले बताए । पार्टी शिर्ष नेता तथा प्रधानमन्त्री देउवालाई प्रतिष्ठान विघठन रोक्न अडिग बनाए पछि आज भेट मार्फत प्रधानमन्त्री देउवाले आफ्नो पार्टी आवद्ध जनजाति नेताहरुलाई प्रतिष्ठान विघठन नहुने आश्वस्त पारेको छ ।
जनजाति प्रतिष्ठान मार्फत जनजातिहरुको भाषा, संस्कृति संरक्षण, अनुसन्धान, क्षमता अभिवृद्धि, संस्थागत विकास आदि गर्दै आएको छ ।