रामेछाप,३ साउन । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ५ नामाडीमा सोमबार साझ करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
करेन्टबाट ४६ बर्षकी सर्मिला खड्का र ३५ बर्षका रेवती खड्काको मृत्यु भएको हो । मृतक रेवती खड्काकी श्रीमती भिमकुमारी खड्का गम्भीर घाइते भएकी छन् ।
११ सय केवी विद्युत प्रसारण लाइनबाट पोल हुदै प्रबाह भएको करेन्ट पानी परेका कारण बाटोमा समेत प्रबाह भएको र त्यही बाटो घाँस बोकेर जाने क्रममा उनीहरुलाई करेन्ट लागेको बताइएको छ ।
घाइते भिमकुमारी खड्काको पनि अवस्था बिग्रदै गएको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।
करेन्ट लागेर गम्भीर भएका उनीहरुलाई जीरी अस्पताल दोलखा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।