शुक्रबार, बैशाख ०७, २०८१

जापानबाट बेतालीको एक विद्यालयमा स्टेसनरी र खेलकुदका सामग्री

जापान,३ साउन । रामेछाप जिल्लाको साबिकको बेतालीमा गाबिसमा अवस्थित गोकुल गंगा नि.मा.बि.का विद्यार्थीहरूलाई जापानबाट सहयोग प्राप्त भएको छ।

बिगत ११ बर्षदेखी जापानमा बसोबास गर्दै आएका श्याम खड्काले विद्यार्थीहरूलाई आवश्यक पर्ने स्टेसनरी तथा खेलकुदका सामग्रीहरू उपलब्ध गराएका हुन्।महा-भूकम्प पश्चात् क्षतिग्रस्त बनेको उक्त विद्यालयलाई खानेपानी,सीमेण्ट,जस्तापाता लगायतका सामग्रीहरू निरन्तर रूपमा सहयोग गराउँदै आएका खड्काले विद्यालयमा आयोजित एक कार्यक्रममा आफैं उपस्थित भएर विद्यार्थीहरूलाई आवश्यक सामग्री वितरण गरेका हुन्।जापानमा सफल व्यवसायीको छबी बनाएका खड्काले आउँदो दिनमा विद्यालयको भौतिक पूर्वाधार विकासमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।