शुक्रबार, बैशाख ०७, २०८१

चिकित्सा शिक्षा र सेवा सुधार लागि फेरि अनशन बस्ने डा.केसी तयारी

काठमाडौं,२ साउन । डा. गोविन्द केसीले आफ्ना २ सुत्रीय माग पूरा नभएको भन्दै अर्को सत्याग्रह सुरु गर्ने चेतावनी नै दिएका छन् ।

डा. केसीले चिकित्सा शिक्षा र सेवा सुधारका ठोस माग राखेर सरकारको ध्यानाकर्षण गराउँदै असार ३१ सम्मको अल्टिमेटम दिएका थिए । तर, सरकारले आफ्नो मागलाई वेवास्था गरेको भन्दै केसीले सत्याग्रह सुरु गर्न लागका हुन् । उनले यही साउन ९ गते दिउँसो ४ बजेदेखि सत्याग्रह सुरु गर्ने तयारी गरेका छन् ।

डा. केसीले माथेमा प्रतिवेदन र आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने र चिकित्सा शिक्षा क्षेत्रमा भइरहेका अनियमितता रोक्न तत्काल ६ वटा काम गर्नुपर्ने दुईसूत्रीय माग अघि सारेका छन् । उनले आफ्ना ती २ सुत्रीय माग पूरा गराउन फेरि सत्याग्रह सुरु गर्न लागेका हुन् ।

उनले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा डिनको सिफारिसअनुसार तत्काल सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्न, आफूसित भएको सम्झौताअनुसार आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट पुनः आईओएममा फिर्ता गर्नुपर्ने, सरकारी निर्देशन र अदालतको आ