शुक्रबार, बैशाख ०७, २०८१

राजपा नेपाल फुटको संघारमा,त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी बन्ने

काठमाडौं,२ साउन । ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल फुटको संघारमा पुगेको छ ।

पार्टी एकीकरणदेखि असन्तुष्ट रहँदै तत्कालिन तमलोपाका उपाध्यक्ष हृदेयश त्रिपाठीको नेतृत्वमा राजपा नेपाल फुट्न लागेको हो । त्रिपाठीले राजपा नेपाल केही शीर्ष नेतालाई समेत साथमा लिएर नयाँ पार्टी घोषणा गर्दैछन् ।

आइतबार भैरहवामा आयोजित नवलपरासीदेखि बर्दियासम्मको अगुवा कार्यकर्ता भेलाले राजपाबाट अलग हुने र नयाँ पार्टी खोल्ने निर्णय गरेको स्रोतले बतायो । नयाँ पार्टीको नेतृत्व हृदेयश त्रिपाठीले गर्ने भएका छन् । यसमा वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला पनि छन् ।

यद्यपी औपचारिक घोषणा हुन बाँकी छ ।