काठमाडौं,१ साउन । रामेछापमा गएराति भीषण वर्षापछि आएको बाढीले सवारी तर्ने पुल र केही घर बगाएको छ । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिकाको सीमानामा रहेको छत्याउने खोलाको बाढीले पुल र घर बगाएको हो ।
मध्यराति आएको बाढीले भर्खरै निर्माण गरिएको पक्की पुल र खोला किनाराका केही घर बगाएको छ । रामेछापको गोकुलगंगा र लिखु गाउँपालिकाको सिमानाको छत्तिउने खोलामा आएको बाढिले बगाउँदा ५ जना बेपत्ता ३ जना घाइते भएको रामेछापका डिएस्पि कुमोद ढुङ्गेलले जानकारी दिनुभयो । घाइतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ लैजाने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । सडको काम गर्नका लागि अस्थायी घर बनाएर बसेका ११ जना सम्पर्क बिहिन रहेको स्थानिय पुरुषोतम कडेरियाले जानकारी दिनुभयो ।प्रहरीका अनुसार ३ जना भेटिएका छन् । उहाँले छत्तिनेखोलाको बाढिले छत्तिनेखोलाको पुल र खिम्ति खोलाको सिंचाई पुल , घर र खेत पनि बगाएको जानकारी दिनुभएको छ । विस्तृत विवरण आउन भने बाँकी छ
बाढीले बगाएको क्षेत्रमा खाजा खाने होटललगायत घरहरु रहेकाले र केही बेपत्तासमेत भएकाले घटनामा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाको खबर पाएलगत्तै उद्धारका लागि इलाका प्रहरी कार्यालय खिम्तीको टोली पुगेको छ । घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरकाे दूरीमा छ ।
तस्वीर : कल्पना खड्का