शुक्रबार, असार ०१, २०८१

निर्वाचन आयोगद्धारा १५ करोडको विलासी गाडी किन्ने तयारी

काठमाडौं,३१ असार । करोडौं मूल्यका गाडी हुँदाहुँदै निर्वाचन आयोगले प्रमुख आयुक्त र चार आयुक्तका लागि करिब १५ करोडका बिलासी गाडी किन्ने प्रक्रिया अघि बढाएको छ ।

निर्वाचनपिच्छे करोडौंका गाडी खरिद गर्दै आएको आयोगले यसपटक पनि प्रमुख आयुक्त र चार आयुक्तका लागि कार खरिद प्रक्रिया अघि बढाएको छ

स्मरणीय छ, यसअघि गाडी किन्ने विषयमा आयोगका सचिव गोपीनाथ मैनालीले असहमति जनाएपछि उनको सरुवा नै गरिएको थियो ।संसद्बाट आर्थिक वर्ष ०७४–७५ को बजेट पारित भएकै भोलिपल्ट शुक्रबार आयोगले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै पाँचवटा एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) कार खरिदका लागि बोलपत्र आह्वान गरेको हो । एसयुभी सुरक्षित र अत्याधुनिक गाडी मानिन्छ । एउटा एसयुभी कारको मूलय दुई करोड ३० लाखदेखि ३ करोड रुपैयाँसम्म पर्छ । @नागरिक दैनिक