काठमाडौं । सर्वोत्कृष्ट शब्द रचना नयाँ आधुनिक तथा पप विधाकाे अवार्ड गीतकार डा. धर्मेन्द्र कुमार शाहले प्राप्त गर्नुभएको छ ।
‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०८१’ मा कलाकार एवं समाजसेवी शाहले नयाँ आधुनिक तथा पप लभ स्टाेरी गीत “पहिलाे भेटमै नजर जुध्याे” बाेलबाट सर्वाेत्कृष्ट शब्द रचना अवार्ड पाउनु भएको हाे ।
डा. शाहको साे गीतमा तोरेम्पा हाङ्गको संगित र राजु कार्कीको एरेन्ज रहेको छ भने समिर सिटौलाकाे सुमधुर आवाज रहेकाे छ । गीतमा पहिलो भेटमै नजर जुधेपछि दोस्रो भेटमा माया बसेको र त्यसपछि मायालुलाई जिन्दगीभर खोजिरहेको भाव व्यक्त गरिएको छ । शब्द रचनाकार शाहले पहिलो भेटमा नजर जुधेपछि बसेको मायालाई प्रेमिल ढंगबाट शब्दमा उतार्नुभएकाे छ। डा.शाहकाे शब्द रहेकाे उक्त गीत रेडियो कान्तिपुरकाे हट सर्टमा पर्न सफल भई एक महिनासम्म रेडियोबाट दर्शकहरूले सुन्ने अवसर पाएका थिए ।
यसैगरी, बोलोचोक विकास समितिको आयोजनामा केही समय अघि भएको शिवसताक्षी अनलाईन सिङ्गिङ कम्पिटिसनले प्रतीभा भएका नयाँ कलाकारहरूलाई समेत स्थान दिन सफल भएको समितिका अध्यक्ष डा. शाहकाे अनुभव छ ।
लामो समयदेखि नेपाली साहित्य र गीति लेखनमा सक्रिय डा.शाहका गीतहरू अहिले लोकप्रिय छन । गीतसङ्गीतबाट समाजलाई चेतनाका कुराहरू सुसूचित गराउन सफल डा.शाहले अवार्ड पाएपछि अगाडि बढ्न थप हौसला मिलेको बताउनुभएकाे छ । ‘यस वर्षकाे पहिलाे गीतबाट अवार्ड पाएँ‚ खुसीका साथै जिम्मेवार थपिएको महसुस गरेकाे छु’ उहाँले भन्नुभयाे‚‘ अवार्ड पाउँदा मैले साँच्चै प्रशंसा र मूल्यवान् महसुस गरेको छु। यो अवार्डले मेरो काममा थप केन्द्रित र समर्पित रहन मद्दत गर्नेछ।’
झापा निवासी शाह गीतका माध्यमबाट नवप्रतिभाहरुको प्रतिभा प्रस्फुटन एवं आफ्नो जन्मस्थान र त्यहाँको पर्यटन प्रवद्र्धन गर्नका लागि आफुले गीत लेख्ने गरेकाे बताउनुहुन्छ ।