बिहिबार, बैशाख १३, २०८१

अख्तियारद्धारा शर्माविरुद्ध ११ अर्ब भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ,३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौटआयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

मुद्दा दर्ताका लागि अख्तियारको टोली शर्मालाई लिएर विशेष अदालत पुगेको थियो । तर, दर्ता हुन पाएन । बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शर्मालाई शुक्रबार अदालतमै उपस्थित गराउन आदेश दिएकाले अख्तियारले बिहीबार नै मुद्दा दर्ता गराउन चाहेको थियो । तर, समय अभाव भएको छ । शर्मालाई भोलि १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ ।

अख्तियार स्रोतले भन्यो, ‘आजै मुद्दा दर्ता गर्न खोजिएको थियो । तर, समय अभाव रहृयो । अहिलेसम्म भएको अनुसन्धानका आधारमा करिव ११ अर्ब भ्रष्टाचार गरेको हाम्रो दाबी छ । औपचारिक रुपमा मुद्दा दर्ता भइनसकेकाले अख्तियारले यसबारे थप केही खुलाउन चालेको छैन ।

कर फ्छ्र्यौट आयोग परेका निवेदनहरुका आधारमाव्यवसायीलाई छुट दिँदा भ्रष्टाचार गरेको पाइएको भन्दै अख्तियारले शर्मालाई पक्राउ गरेको थियो । आन्तरिक राजस्व विभागका महानिर्देशकको हैसियतमा शर्मा आयोगको सदस्य सचिव थिए ।

आयोगका अध्यक्ष महत र सदस्य ढकालका नाममा अख्तियारले पूर्जी काटेको छ तर, दुबै फरार छन् ।