बिहिबार, असोज २४, २०८१

कास्की पोखरा समाज जापानको क्षेत्रीय कमिटी तीव्र विस्तार

जापान,२९ असार । कास्की पोखरा समाज जापानको क्युश्यु क्षेत्रीय कमिटि गठन हुने भएको छ । क्युश्यु क्षेत्रमा नेपालीहरुको चापसगै विभिन्न क्षेत्रीय संगठन गठन र विभिन्न कार्यक्रमहरु पनि बढी रहेको छ।

कास्की पोखरा बाट क्युश्यु क्षेत्रमा आउने संख्या वृद्धि सगै एकापसमा सहकार्य र एकता आबश्यक महसूस भएकोले उक्त समाज गठन गर्न लागेको हो। कास्की जिल्ला नेपालबाट विभिन्न उद्देश्यले जापानको क्युश्यु क्षेत्रमा आइ बसोबास गर्ने सम्पर्ण दाजुभाई तथा दिदीबहिनीहरु एकबद्ध भई एक आपसमा भाइचारा वृद्धि गरि भई बिबिध खालको समस्याहरुको समाधान गर्ने उद्धेश्यले कास्की पोखरा समाज गठन गर्न लागेको जानकारी अग्रज एवं समाज सेवी सन्तोष थापाले फुकुओका नेपाल डट न्युजलाई बताए ।कास्की पोखरा समाज गठन सम्बन्धि जुन२३ मा केन्द्रिय अध्यक्ष शिब प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले सन्तोष थापा ,हरि रेग्मी र बिष्णु आचार्यले समाज गठन बारे अध्यन गरि क्युश्युमा उक्त समाज आबश्यक छ कि छैन भन्ने निचोड निकाल्ने जिम्मा लिएका थिए।उहाहरुको अध्यन र छलफलले सस्था गठन आबश्यक ठहर गरि भेला डाकिएको बताईएको छ । कास्की पोखरा समाजको भेला फुकुओका सी चीओउ कु सिमिन सेन्टरमा हुने हुदा कास्की पोखराबाट क्युश्यु आइ बसोबास गर्ने सम्पूर्णलाइ उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।
क्युश्यु, तोचिगी र ओसाकाको तदर्थ समितीको बिबरण निम्नानु सार छ।

क्युश्युबाट संयोजक: सन्तोष थापा भेलाभएको समय जुन २३ आइतबार
तोचिगी बाट संयोजक: राम गुरुङ भेलाभएको मिती जुलाइ २ आइतबार
ओओसाका बाट संयोजक: बिस्णू गौतम भेलाभएको मिती जुलाइ १० सोमबार
उक्त तदर्थ समितीलेहरुले एक महिना भित्रमा क्षेत्रीय अधिबेसन गरी समाजलाइ पुणता दिने निणय समेत गरेको छ।