सोमबार, भदौ ३१, २०८१

बेरुजु फछर्यौट कार्ययोजना बनाउन लेखा समितिको निर्देशन

काठमाडौं,२९ असार । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले बेरुजु फछर्यौट कार्ययोजना तत्काल बनाउन महालेखा परीक्षकको कार्यालयलाई निर्देशन दिएको छ ।

लेखा समितिको आजको बैठकले बेरुजु फछर्यौटको विवरण १५ दिनभित्र पेश गर्ने गरी मन्त्रालय, निकाय, सचिवालय र आयोगलाई निर्देशन दिन पनि महालेखा परीक्षकको कार्यालयलाई सचेत गराएको छ । बेरुजु अंक बढ्दै गईरहेका बेला समितिले महालेखा परीक्षक टंकमणि शर्मालाई बोलाएर ६ महिना भित्र कूल बेरुजु रकमको ८० प्रतिशत रकम असुल गरिसक्ने लक्ष्य निर्धारण गर्न र त्यसअनुसार काम अघि बढाउन निर्देशन दिएको छ ।

बेरुजु रकम वर्षेनी बढदै गएकाले त्यसलाई न्यूनिकरण गर्दै लैजाने गरी तत्काल कार्ययोजना बनाउन महालेखा परीक्षकको कार्यालयलाई निर्देशन दिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।