सोमबार, असोज २१, २०८१

सुनको मूल्यमा नयाँ कीर्तिमान,तोलाको एक लाख ५३ हजार एक सय रुपैयाँ पुग्याे

काठमाडौँ । बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार निर्धारण भएको मूल्यका आधारमा सुन हालसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा आठ सय रुपैयाँले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ ।

मङ्गलबार प्रतितोला एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबारका लागि एक लाख ५३ हजार एक सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।