शुक्रबार, चैत १६, २०८०

८ लाख खर्चेर पोखरामा मिडिया सेन्टर स्थापना

कास्की,२९ असार । नेपाल पत्रकार महासंघ कास्की शाखाले मिडिया सेन्टर स्थापना गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ९ पार्दीस्थित महासंघ कास्कीको भवनमै ८ लाख खर्चेर मिडिया सेन्टर स्थापना गरेको हो ।
मिडिया सेन्टरको बुधबार एक कार्यक्रमकावीच पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा स्थापित मिडिया सेन्टरमा ९ वटा कम्प्युटर राखिएका छन् ।

मिडिया सेन्टरमा ईन्टरनेट सुविधा जडान गरिनुका साथै समाचार प्रिन्ट गर्नका लागि प्रिन्टरको पनि ब्यबस्था गरिएको छ । बत्ती गएको बेला पनि कम्प्युटर चलाइराख्नको लागि ईन्भर्टरको समेत ब्यबस्था रहेको महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै, महासंघको कन्फरेन्स हलमा प्रोजेक्टर समेत राखिएको छ ।

मिडिया सेन्टर स्थापना भएपछि पत्रकार सम्मेलन लगायत कार्यक्रम सम्पन्न भएपछि हतारहतार सञ्चारगृह गएर समाचार लेख्नुपर्ने बाध्यता हट्ने भएको छ भने प्रोजेक्टरको ब्यबस्था भएपछि पावर प्वाईन्टमा प्रस्तुती राख्न पनि सहज हुने भएको छ ।