शनिबार, फागुन १२, २०८०

सिड्नीमा जनजाति मञ्च अस्ट्रेलियाद्धारा राजदूत शेर्पालाई सम्मान

सिड्नी : शनिबार बिहान सिड्नीमा आदिबासी जनजाति मञ्च अस्ट्रेलियाले राजदूत शेर्पाको सम्मानमा कार्यक्रम गरेको छ ।

मञ्चका अध्यक्ष अरुण तामाङका अनुसार त्यहाँ सिड्नीमा भएका नेपाली जनजाति अगुवाहरुले स्वागत गर्नुका साथै नेपालमा संबिधान संशोधनमा ढिलाई भएको बिचार ब्यक्त गरेका थिए ।

नेपालको संबिधान अझै समावेसी हुन नसकेको भन्दै प्रवासमा भएका नेपाली जनजातिहरुको आवाज नेपालसम्म पुर्‍याउन राजदूत शेर्पाले सहयोग गर्ने अपेक्षा ब्यक्त गरेका थिए ।

राजदूत शेर्पाले देशबाट टाढा भएकाले सबै नेपाली समुदाय मिलेर बस्न अनुरोध गर्नुका साथै आफूले यहाका सबै नेपालीलाइर् समान ब्यबहार गर्ने र सहयोग गर्ने बताएको अध्यक्ष अरुण तामाङले बताए ।