सोमबार, माघ ०७, २०८१

रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैद

काठमाडौं,२८ असार । झण्डै १४ वर्ष अघि भएको रानीबारी हत्याकाण्डमा संलग्न  दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत काठमाडौंले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ,न्यायाधीश रमेश प्रसाद रिजालले एकल इजलासले बुधबार मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

झण्डै १४ वर्ष अघि भएको रानीबारी हत्याकाण्डमा संलग्न मनराज र प्रमेश दुई वर्ष अघि पक्राउ परेका थिए । प्रहरीका अनुसार दुबै ‘कन्ट्राक्ट किलर’ हुन् । हत्याकाण्डका योजनाकार भने अझै पक्राउ परेका छैनन् ।

काठमाडौंको रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको ०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या भएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा मनराज र प्रमेशले पैसा लिएर हत्या गरेका हुन् ।