शुक्रबार, बैशाख ०७, २०८१

मोर्चाबन्दी र राज्यसत्ताको दुरुपयोगको कारण सन्तोषजनक परिणाम आएन : एमाले

काठमाडौं,२४ असार । भर्खरै सम्पन्न स्थानीय तहको पहिलो र दोस्रो चरण निर्वाचनमा एमाले पहिलो दल बनेको छ । ३३४ स्थानीय तहमध्ये कम्तीमा १७० जित्ने लक्ष्यसहित निर्वाचनमा होमीएको एमालेले यो परिणामलाइ सन्तोषजनक मानेको छैन ।
एमाले भन्छ – विभिन्न दलको मोर्चाबन्दी र राज्यसत्ताको दुरुपयोगका बाबजुद दोस्रो चरणको निर्वाचनमा पहिलो दल बन्ने गरी सन्तोषजनक नतिजा आएको छ ।

पहिलो चरणमा जस्तै पार्टीको आन्तरिक सर्वेक्षणअनुसारको नतिजा नआए पनि एमालेले परिणाम सन्तोषजनक नै रहेको जनाएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले यस्तो बताएका हुन् । ‘हामीलाई कमजोर बनाउन सत्तापक्षले जतिसुकै मोर्चाबन्दी गरे पनि एमालेको पक्षमै जनमत देखिएकाले पहिलो पार्टी बनेका छौँ ।
अघिल्लो पटकभन्दा मत र सिट संख्या दुवै बढेको छ । त्यसैले परिणामलाई सकारात्मक रूपमै लिन्छौँ,’ उनले भनेका छन्, ‘सत्तापक्षको अनियमितता, धाकधम्की, प्रलोभनका बाबजुद जनताले एमालेलाई पहिलो दल बनाउने गरी मत दिएका छन् । तीन प्रदेशका ३३४ स्थानीय तहमा भएको निर्वाचनमा एमालेले कम्तीमा १७० देखि १९५ सिट जित्ने आन्तरिक सर्वेक्षणसहितको आँकडा तयार पारेको थियो । यो समाचार तयार पार्दासम्म एमालेले १४४ सिट जित्दै आठ तहमा अग्रता लिइरहेको छ ।
७ उपमहानगरपालिकामध्ये चारवटाको परिणाम आउँदा एमालेले बुटवल, घोराही र तुल्सीपुर जितेको छ भने धरान र इटहरीमा अग्रता लिइरहेको छ ।