मङ्गलबार, चैत ०४, २०८१

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द भएको छ । शुक्रबार सूचना जारी गरी अध्यक्ष छनौट नियुक्ति गर्ने प्रयोजनका लागि बनेको सिफारिस समितिले प्रक्रिया रद्द गरेको जनाएको हो ।

समितिले गत फागुन १६ गते सूचना निकालेर अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । गत सोमबार महान्याधिवक्ताको कार्यालयले दिएको रायका आधारमा समितिले प्रक्रिया रद्द गरेको हो ।