मङ्गलबार, चैत ११, २०८१

नेपाल प्रहरी श्रीमती संघद्वारा`समान युग र माेबाईल क्राईम प्रदर्शन´कार्यक्रम सम्पन्न

ललितपुर । नेपाल प्रहरी श्रीमती ढसंघकाे आयाेजनामा `समान युग र माेबाईल क्राईम प्रदर्शन´ कार्यक्रम सम्पन्न गरिएको छ ।

बिहीबार प्रहरी वृत चापागाउँकाे सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा घरेलु हिंसा, लैङ्गिक हिंसा न्युनिकरण तथा सामाजिक सञ्जालकाे दुरुपयोग(माेबाईल क्राईम) लगाएत विषयमा सचेतनामुलक नाटक प्रदर्शन गरिएकाे थियाे । कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै प्रहरी वृतचापागाउँका कार्यलय प्रमुख प्रहरी नायब उपरिक्षक दिलि बहादुर मल्लले स्वागत मन्तव्य राखेका थिए ।

साथै, कार्यक्रममा प्रहरी कलाकारबाट सहचरी नृत्य,स्थानीय नेवार समुदायबाट साँस्कृतिक झाँकी प्रस्तुति,प्रहरी वृत चापागाउँका अ.अ शाखा प्रमुखबाट साईबर सम्बन्धि प्रचलित कानुनी प्रावधान सम्बन्धि जानकारी र समुदाय प्रहरी साझेदारी गीतमा प्रहरी कलाकारहरूबाट नृत्य प्रस्तुति गरेका थिए ।

लक्ष्मी कुँवरकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, गाेदावरी-११ का वडाध्यक्ष निल बहादुर देशार, गाेदावरी सराेकारकी अध्यक्ष बेबी राजभण्डारी, प्रहरी वृत चापागाउँका प्रहरीहरू लगाएतकाे उपस्थिति रहेको थियाे ।