काठमाडौं । नेपाल तामाङ संस्कृति घेदुङको अध्यक्षमा छेवाङ तेन्जिङ लामा पुन: निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट छेवाङकाे अध्यक्षतामा २३ कार्यसमिति चयन भएका हुन् । संस्कृति घेदुङकाे वरिष्ठ उपाध्यक्षमा सरोज याङ्जो लामा, उपाध्यक्ष मा दाेर्जे तामाङ, महिला उपाध्यक्षमा रञ्जना मोक्तान , महासचिवमा रामकृष्ण लो तामाङ, उप-महासचिवमा विशाल योन्जन, सचिवमा विजय रुम्बा, महिला सचिवमा विपना लामा र कोषाध्यक्षमा याेजम तामाङ चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा अमिर कुमार लामा, प्रभात लो, हरिलाल तामाङ, प्रयास तामाङ, विक्रम तामाङ,सुर्य तामाङ,रेशम कुमार स्याउली, कीर्तिमान तामाङ,लक्ष्मी तामाङ, श्री लामा तामाङ, बुधमाया तामाङ, दिलकृष्ण तामाङ,गंगामाया तामाङ र प्रमिला घलान निर्वाचित भएका छन् ।